अमेरिकी युद्धक जहाज सिङ्गापुरमा आइपुग्यो

बैशाख ६ -
तटीय क्षेत्रमा युद्ध गर्ने ढाँचामा तयार गरिएको अमेरिकी एक युद्धक जहाज बिहीबार दक्षिणपूर्वी एसियाली क्षेत्रमा तैनाथ गर्न सिङ्गापुर आइपुगेको छ र यसबाट राष्ट्रपति बाराक ओबामाको एसियामा ध्यान दिने नयाँ रणनीतिलाई बल पुगेको बताइएको छ ।


 युएसएस फ्रिडम नामक यो जहाज कोरियाली प्रायद्वीपमा तनाव बढेको तथा चीनले दक्षिण चिनियाँ जल क्षेत्रमा आफ्नो शक्ति विस्तार गरिरहेको अवस्थामा आएको हो ।यस क्षेत्रमा केही मुलुकबीच प्रतिद्वन्द्वीपनाको रूपमा दाबी रहेको छ ।

 अमेरिकी नौसैनिक अधिकारीहरूले यो तटीय युद्धक जहाज भएको र सिङ्गापुरको चाङगी नौसैनिक केन्द्रमा आइपुगेको बताए । यो जहाज यस क्षेत्रमा आठ महिना रहनेछ र यसले यसबीच नौसैनिक अभ्यास गर्नुका साथै अन्य बन्दरगाहको भ्रमण गर्नेछ । एजेन्सी

No comments:

Post a Comment