प्रेमीसंगको मस्तिसंगै लुटियो धनमाल पनी |

चैत्र २२
काठमाण्डौ लाजिम्पाट बस्ने बिवाहित दालचिनीकुमारी कार्की श्रीमानबाट नभई प्रेमीबाट लुटिएकी छिन् । माया प्रेमको वहानामा भक्तपुर निवासी राजु तामाङले उनिसंग भएको नगद तथा गरगहना लुटेको खुलासा भएको छ ।
तिन महिनासम्मको प्रेमसम्बन्धको वहाना गर्दै तामाङले करिब पाँच लाखबराबरको धनमाल लुटेका छन् । चोरीको २ दिनपश्चात महानगरीय प्रहरी परिसर काठमाडौंले तामाङ्लाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार कार्कीले दिएको उजुरी अनुसार तामाङ्ले कार्की नभएको समयमा उनको डेरामा गई नगद लगायत दराज फुटाएर करिब पाँच तोला सुन र अन्य सरसामानहरू समेत लुटेर भागेका थिए । सो रकम तामाङ्ले क्यासिनो र डान्सबारमा गएर सिध्याएको समेत वताएका छन् ।महानगरीय प्रहरी प्रभाग दरबारमार्गले पक्राउ गरी मुद्दा चलाएको छ । तामाङ् बेरोजगार रहेको र क्यासिनो ,डान्स बारमा जाने आदत बसेकाले यसै गरि पहिला पहिला पनि युवतीहरुसग सम्बन्ध राख्दै फसाउने गरेको समेत स्विकारेका छन् ।
तामाङ्ले कार्कीलाई पनि आफुले गलत नियतले फसाएको र धनमाल चोरी गरेको साथै एटिएमको पिन नम्बर पत्ता लगाई एटिएमबाट समेत पैसा निकाल्ने गरेको स्विकारेका छन् ।
पीडित न्युरोडको एक डान्सबारमा कार्यरत रहेकी छिन् भने उनको श्रीमान बैदेशिक रोजगारीमा रहेको जानकारीमा आएको छ

No comments:

Post a Comment